गण्डकीका यातायात व्यवसायी आन्दोलित, आजदेखि सार्वजनिक यातायात ठप्प

काठमाडौं । गण्डकीमा आजदेखि सार्वजनिक यातायात बन्द भएको छ ।

राइड सेयरिङको विरोध गर्दै यहाँका यातायात व्यवसायी आन्दोलित भएका हुन् । ३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका थिए ।

तर आफ्ना माग सुनुवाइ नभएको भन्दै व्यवसायीले आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगेन्द्र केसीले जानकारी दिए । 

अध्यक्ष केदार पौडेलबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘गैर जिम्मेवार अभिव्यक्ति तुरुन्त फिर्ता लिई यातायात व्यवसायीका माग सम्बोधन गर्न जोडदार माग गर्दछौँ । अन्यथा यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं मन्त्री हुने ब्यहोरा जानकारी गर्दछौँ ।’

Scroll to Top