विज्ञापन
No data was found

'मेडिकल विश्वविद्यालय बनाउने भनिएको अस्पतालमा ५० शैयाको मात्र स्वीकृति ,भर्ना गरेर उपचार गर्ने अस्पतालको तयारी '

श्रावण २२/धनगढी

विज्ञापन

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने गेटा अस्पतालको स्वीकृति ५० शैयाको मात्र रहेको पाइएको छ। शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि निर्माण गरिएको गेटा अस्पतालमा स्वास्थ्य मन्त्रालयले ५० शैयाको अस्पतालको मात्र स्वीकृति दिएको हो ।नेपाल सरकारको मन्त्रिपरिषद बैठकले  २०७९ माघ २९ गते शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो।

विज्ञापन

गेटा अस्पतालले बहिरङ्ग सेवा मात्र दिँदै आएकोमा भदौदेखि बिरामी नै भर्ना गरेर उपचार गरिने भएको हो।प्रयोगशाला, फिजियोथेरापी र अल्ट्रासाउन्ड सेवा सञ्चालनमा रहेको गेटामा भदौबाट इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा समेत शुरू हुने भएको छ। गेटा अस्पतालले प्रदेशमै पहिलो पटक स्तन क्यान्सरको पहिचान गर्ने मेमोग्राफी सेवा समेत शुरू गर्न लागेको अस्पतालका सुचना अधिकारी नैनसिहं कार्कीले जानकारी दिए ।

 

 

‘भदौबाट बिरामी भर्ना गरेर उपचार गर्ने तयारी थालिएको छ। अस्पतालमा अत्याधुनिक उपकरणबाट इन्डोस्कोपी र मेमोग्राफी सेवा पनि चलाउने तयारी गरेका छौँ’, डा. सापकोटाले भने। गेटा अस्पतालमा अहिलेसम्म ओपिडी सेवा मात्रै सञ्चालनमा छ। ओपिडी सेवाका लागि दैनिक ५० जना जति बिरामी आउने गरेका छन्।

 

अस्पतालमा हाल फिजियोथेरापी सेवा, जनरल फिजिसियन सेवा, हाडजोर्नी सेवा, प्रसूति सेवा, अल्ट्रासाउन्ड र प्रयोगशाला सेवा सञ्चालनमा रहेको अस्पतालका सुचना अधिकारी कार्कीले बताए। ‘हामीले अस्पतालमा भदौबाट इन्डोर सेवा सञ्चालन गर्दैछौँ। इन्डोर सेवा सञ्चाल हुनासाथ थप उपचार सेवा सुरू हुनेछन्’, उनले भने, ‘भदौबाट इको कार्डियोग्राफी र मेमोग्राफी सेवा सुरू हुने भएको छ।

 

गेटा अस्पतालमा प्रयोगशाला परीक्षण सेवा समेत विस्तार हुने भएको छ। अस्पतालले बायोकेमेस्ट्री, हेमाटोलोजी, हर्मोनल टेष्ट र अत्याधुनिक उपकरणबाट प्रोटिन एनालाइजर सेवा समेत दिने भएको छ।

 

स्वास्थ्य मन्त्रालयबाट ५० शैयाको स्वीकृति प्राप्त अस्पताललाई ३०० शैयामा विस्तार गर्न माग गरिएको छ। भदौबाट नै मध्यम किसिमको शल्यक्रिया सेवासमेत सुरू हुने भएको अस्पतालका सुचना अधिकारी काकार्कीले बताए। । गेटा अस्पताल सञ्चालन गर्न संघीय सरकारले ५० शैया,१४१ जनाको दरबन्दी स्वीकृत गरेको छ भने  हाल ६५ जना चिकित्सक र स्वास्थ्यकर्मीले अस्पतालबाट उपचार सेवा दिइ रहेका छन्।

 

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌