विज्ञापन
No data was found

'आज नाग पञ्चमी'

काठमाडौं । विशेषगरी नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी) का दिन घर, कुवा, इनार, मन्दिरमा गई नागनागिनीको पूजा गर्ने गरिन्छ ।

विज्ञापन

नाग पञ्चमीको दिन घरको मूल ढोकामा नाग–नागिनी, विच्छी, माकुरा, माच्छा, गंगटा, चन्द्र, सूर्य लगायत अंकित फोटो टाँसेर पूजा गर्ने चलन छ ।

विज्ञापन

नागपुजाको दिन हरेक घरको मूल ढोका माथि अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने अनि आगो र सर्पको भय नहुने धार्मिक विश्वास रहीआएको छ !

त्यस्तै , विषालु जीवजन्तुबाट हानी नहोस्, पानीको अभाव नहोस् भनेर पनि नागपूजा गर्ने गरिएको मान्यता रहिआएको छ ।

नाग पञ्चमीका दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नामक आठ वटा नागको पूजा गर्ने गरिन्छ ।

सर्सर्ती हेर्दा नाग अर्थात् सर्पको पुजा गर्नुपर्ने विधि हास्यास्पद लागेपनी धार्मिक एवम् वैज्ञानिक तथ्यले नागपुजा मानवीय जीवन र प्रकृतिकोको निम्ति अत्यन्त आवश्यक रहेको पुष्टि भएको छ !

वायुमा रहेको विषाक्त तत्व नाग
( सर्पले ) खाएर वातावरणको शुद्धताका निम्ति कार्य गर्ने हुनाले नागको पुजा सनातनदेखि हुँदै आएको मानिएको छ !

नाग पञ्चमीको महिमा द्वापर युगको महाभारतसँग पनि जोडिएको पाइएको छ ।

अर्जुनका नाति (अभिमन्युका छोरा) राजा परीक्षितलाई तक्षक नागले डस्दा उनको मृत्यु हुन्छ । यस घटनाबाट परीक्षितका छोरा जनमेजय नाग प्रजातिसँग रिसाउँछन् । उनले नागजातिलाई नै नष्ट गर्न महायज्ञ गर्दछन् । जसको प्रभावले सबै नाग एक–एक गरी हवनकुण्डमा आई आफैं मर्छन् !

उक्त यज्ञ यति शक्तिशाली हुन्छ कि मृत्युको भयले स्वर्गका राजा इन्द्रको सिंहासनमा बेरिएर लुकेको तक्षक नाग इन्द्रासनसहित खिचिएर अग्निकुण्डमा होमिन्छ । यो देखेर नागजातिको रक्षाका लागि भगवान् शिवकी पुत्री मनसादेवीसँग देवताहरू पुकार गर्दछन् ।

तत्पश्चात् उनले आफ्नो पुत्र आस्तिकलाई यज्ञ रोक्न पठाउँछिन् । आस्तिकले जनमेजयको रिस शान्त पारेपछि यज्ञ रोकिन्छ । तत्पश्चात् श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने प्रचलन सुरु भएको किंवदन्ति छ ।

त्यस्तै, एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन बच्चा मारिदिन्छन् । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखेर किसानलाई तत्काल मारिदिन्छिन् !

त्यति गर्दा पनि रिस नमेरेपछि नागिनीले किसानको घरमा गएर किसानको श्रीमती र दुई छोरालाई पनि मारिदिन्छिन् !

संयोगवश , त्यतिखेर किसानकी छोरी भने घरबाहिर हुन्छिन् । उनलाई पनि नागिनीले खोज्दै जाँदा बाटोमा फेला पारेर मार्न खोज्छिन् । त्यो अवस्थामा किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरेर आफुलाई नमार्न आग्रह गर्छिन् ।

बदलामा प्रत्येक नाग पञ्चमीका दिन व्रत बस्ने र पुजाआजा गरेर दुध खान दिने र आफुहरूबाट भएको गल्तीको सुधार गर्ने वचन दिन्छिन् !

यसरी , मृत्युको मुखबाट बाँचेकी किसानकी छोरीले नागिनीलाई सोह्र प्रकारले पूजाआजा गरेर दूध खान दिन्छिन् । पूजाबाट खुसी भएकी नागिनीले के वर माग्छौ माग भनेपछि उनले मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर माग्छिन् !

किसानकी छोरीको उदात्त तपस्या र साधानाले खुशी भएकी नागिनीले किसानका सबै परिवारलाई बचाइदिन्छिन् !

यसरी , श्रावण शुक्ल पञ्चमीका दिन किसानको परिवारलाई नातिनीले बचाइदिएकाले प्रत्येक वर्ष यसै दिन ब्राह्मण, पुरोहित वा आफैले नागपूजा गरी घरको मूल ढोकामा नाग टॉस्ने परम्परा चलिआएको जनविश्वास छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत