कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान बस्दै

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान ११ः०० बजे बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सातवटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको पौडेलले बताए ।
माओवादीका महासचिव विप्लव रोल्पाबाट एकल उम्मेदवार सिफारिस

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी) रोल्पाले पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव”लाई रोल्पाबाट एकल रूपमा सिफारिस गरेको छ । जिल्ला कमिटी बैठकले रोल्पाबाट प्रत्यक्षतर्फ महासचिव विप्लवलाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला सेक्रेटरी पृथ्वी बिक्रम डाँगीले जानकारी दिए । जिल्लाको परिवर्तन गाउँपालिका केवरीमा घर भएका विप्लव पछिल्लो […]
नागार्जुन नगरपालिकामा किन कार्यान्वयनमा आएन मातृभाषामा शिक्षा

प्रारम्भ १. नेपालको जनगणना बि.सं. २०७८ अनुसार खस भाषा मातृभाषा हुने नेपालीको संख्या ४४.९ प्रतिशत १ लाख भन्दा बढी वक्ता हुने मातृभाषा २१ वटा रहेको छ । वि.सं. २०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २,९१,६४,५७८ रहेको छ ।जनसंख्यिक संरचना र बदलिदो विश्व परिवेशलाई ध्यानमा राखी अन्तराष्ट्रिय भाषाको रुपमा अंग्रेजी, राष्ट्रिय भाषाको रुपमा […]
पुस ३० र माघ १ गते टुँडिखेलमा भव्य रूपमा मगर माघे सकराती मनाइँदै

काठमाडौं । मगर तथा थारु समुदायको राष्ट्रिय पर्व माघे सकराती पर्व यस बर्ष पनि काठमाडौको टुडिखेलमा मगर समुदायले विशेष कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् । नेपाल मगर संघ केन्द्रीय समिति तथा विभिन्न भ्रातृ संघसंस्थाहरुले काठमाडौंको टुँडिखेलमा दुई दिने विशेष माघे सकराती मेलाको आयोजना गरेर मनाउन लागेका हुन् । टुँडिखेलमा पुस ३० र माघ १ […]
संयुक्त विद्यार्थी युनियनद्वारा २९ गते उपत्यका बन्द घोषणा

काठमाडाैं । नेपालको शिक्षा क्षेत्रमा व्याप्त निजीकरण, व्यापारीकरणको विरोध गर्दै संयुक्त विद्यार्थी युनियनद्वारा पौष २९ गते उपत्यका बन्दको घोषणा गरेको छ । वर्तमान संसदीय व्यवस्था र यसैको निरन्तरताका लागि गरिने चुनावले विद्यार्थीका जल्दाबल्दा समस्याहरू हल गर्न नसक्ने, शिक्षालाई फेरि पनि व्यापारको वस्तु बनाउने, अर्बौं खर्च गरेर गरिने निर्वाचनले पात्र फेर्ने बाहेक आम जनता र विद्यार्थीको […]
विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने, नेतृत्व चयन मंगलबारै

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो । विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आइतबारदेखि चलिरहेको महाधिवेशन मंगलबारसम्म लम्बिएको हो । मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन् । उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश […]
विशेष महाधिवेशन: देउवाले गगन–विश्वसँग वार्ता गर्ने

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आयोजना गरेर पार्टीभित्रको विवाद समाधान गर्न खोजिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सँग छलफल गर्ने भएका छन् । चौतर्फी दबाबपछि देउवा वार्ताका लागि तयार भएका हुन् । देउवा निवासमा आज बसेको केन्द्रीय सदस्यहरूको बैठकमा सभापतिलाई आफैं पहल लिन अनुरोध गरिएको थियो । बैठकमा सभापति देउवाले […]
नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन अवैध तथा पार्टी विधान विपरित भएको संस्थापनको निष्कर्ष

काठमाडौं । हिजोदेखि सुरू गरिएको नेपाली कांग्रेसको विशेष महाधिवेशन अवैध तथा पार्टी विधान विपरित भएको भन्दै संस्थापन पक्षले प्रतिवाद गरेको छ । विशेष महाधिवेशन पक्षधरले जति नै हल्ला गरेपनि विशेष महाधिवेशनको प्रक्रिया पार्टीको विधान र आन्तरिक नियमअनुसार नचलेको र वैधानिक मापदण्ड पूरा नगरेको संस्थापन पक्षले आरोप लगाएका छन् । स्रोतले दिएको जानकारी अनुसार, नेपाली काङ्ग्रेस […]
गोरखापत्र संस्थानको अध्यक्षमा अखण्ड भण्डारी नियुक्त

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्ष गोविन्द भण्डारी (अखण्ड)लाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई संस्थानको अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए। यस्ता छन् अरु मन्त्रिपरिषद् निर्णय १.अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ […]
महामन्त्री थापाले पेस गरेको राजनीतिक प्रस्तावमा के–के छ ? (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन्। भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले आफ्नो समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका हुन्। दलीय सुधारका लागि निर्वाचनमा समानुपातिक तर्फ एक व्यक्ति एक पटक मात्रै समानुपातिक उम्मेदवार रहनुपर्ने उनको प्रस्ताव छ।
विश्वप्रकाशको प्रतिवेदनः प्रधानमन्त्री दुई पटक मात्र, गठबन्धन नगर्ने (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । भृकुटीमण्डपमा सोमबार श्यामकुमार खड्काको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा शर्माले ‘बदलिएको देश बदल्नुपर्ने कांग्रेस’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा महामन्त्री शर्माले मुलुकको शासकीय स्वरूपदेखि पार्टीको आन्तरिक जीवनसम्म आमूल परिवर्तनको खाका कोरेका छन् । उनले भविष्यमा नेपाली कांग्रेसको […]
कांग्रेस विशेष महाधिवेशन : बिहान १० बजेदेखि बन्दसत्र, आज पनि प्रतिनिधि दर्ता जारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन बन्दसत्र आज बिहान १० बजेबाट सुरु हुने भएको छ । महाधिवेशन व्यवस्थापन उपसमितिका अनुसार प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया अझै बाँकी रहेको र बिहानको खाजा समय समेत व्यवस्थापन गर्नुपर्ने भएकाले बन्दसत्र दुई घण्टा पछि सारिएको हो । प्रचार प्रसार संयोजक सुवास पोखरेलले जानकारी दिए अनुसार, बिहान ८ बजेबाट प्रतिनिधि […]