चन्द्रागिरि नगरपालिका वडा नं १० द्वारा न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन आव्हान

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको वडा नं १० ले आर्थिक वर्ष २०८३-०८४ अन्तर्गत न्यूनतम रोजगारीमा संलग्न हुन चाहनेहरूका लागि निवेदन आव्हान गरेको छ । वडाले जारी गरेको सूचना अनुसार न्यून आय भएका वा स्वरोजगारमा संलग्न नरहेको १८ (अठार) वर्षदेखि ५९ (उनान्साठी) वर्ष उमेर समुहका बेरोजगार नागरिकहरुले २०८२ साल चैत्र महिना भरिमा वडा नं १० मा बसोवास […]

राष्ट्रिय परिचयपत्र बनाउन नागरिकताकै डेटाबेसबाट काम हुने

काठमाडाैं । अब राष्ट्रिय परिचयपत्र बनाउन नागरिकताकै डेटाबेसबाट काम हुने र छुट्टै आवेदन फाराम (प्रि-इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ । गृह मन्त्रालयले नागरिकता र राष्ट्रिय परिचयपत्रको डेटाबेस प्रणालीलाई एकआपसमा जोडेपछि (अन्तरआबद्धता) नागरिकले छ्ट्टाछुट्टै फाराम भर्न नपर्ने भएको हो । गृह मन्त्रालयले सञ्चालनमा ल्याएको केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली (CCIMS) र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली […]

निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसामु प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत पदाधिकारीले आइतबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गरे । गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको टोलीले निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको जानकारी दिए । उनका अनुसार प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा […]

गगन थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका थिए । सो राजीनामाबारे पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा विस्तृत छलफल गरिएको थियो । आज बसेको बैठकले अन्ततः सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी […]

मेरिहोम मन्टेश्वरी स्कुल तथा ट्रेनिङ सेन्टरको १३ औं अभिभावक दिवस सम्पन्न

काठमाडाैं । मेरिहोम मन्टेश्वरी स्कुल तथा ट्रेनिङ सेन्टरको १३ औं अभिभावक दिवस सम्पन्न गरिएको छ । चन्द्रागिरि नगरपालिका वडा नं १५ का अध्यक्ष घनश्याम लुइँटेलको प्रमुख आतिथ्यता तथा मेरिहोम मन्टेश्वरीको संस्थापक प्रधानाध्यापक सरिता देवकोटाको सभापतित्व भएको कार्यक्रममा मेरिहोम मन्टेश्वरीको प्रबन्ध निर्देशकद्वारा कार्यक्रम सञ्चालन गरिएको थियो भने सहायक प्रधानाध्यापक श्रीमती शिला क्षेत्रीबाट अभिभावकहरू तथा सम्पूर्ण अतिथिहरूलाई […]

२९ सय बिन्दुमा उक्लियो शेयर बजार, साढे २३ अर्ब नाघ्यो कारोबार

काठमाडौं । आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९५१.५५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ बिन्दुमा बन्द भएकाे थियो । आज कारोबारमा आएका १८३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७३ कम्पनीको शेयरमूल्य घटेको छ । शेयर बजार बढेसँगै […]

कपिलवस्तुमा प्रहरीको गोली लागेर घाइते भएका चारमध्ये १ जना गम्भीर

काठमाडाैं । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकास्थित बरगदा गाउँमा रहेको एक मन्दिरमा मुस्लिम समुदायका केही युवाले तोडफोड गरेको विषयमा उत्पन्न विवाद चर्कँदै गएको छ। शनिबार बिहान नमाज पढ्ने समयमा काली मन्दिरमा रहेको भजन बज्ने साउण्ड सिस्टम मुस्लिम युवाहरुले तोडफोड गरेकाे विषयमा उत्पन्न विवादले उग्र रुप लिएको हो। हिन्दू समुदायका युवाहरूले दोषी उपर कारबाहीको माग गर्दै शनिबार […]

इट्टाभट्टाको पर्खाल भत्किँदा ललितपुरमा एक महिलाको मृत्यु, चार घाइते

काठमाडाैं । ललितपुर महानगरपालिका–८ हरिसिद्धीस्थित होसना इट्टाभट्टामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार इट्टाभट्टामा काम गर्ने रूकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको उपचारका क्रममा मृत्यु भएको हो । घटनामा घाइते भएका चार जनालाई उपचारका लागि ठैबस्थित मेडिसिटी अस्पताल […]

काठमाडौं निर्वाचन क्षेत्र नं १० एमाले उम्मेदवार विनोद श्रेष्ठको निर्वाचन खर्च ११ लाख १८ हजार २ सय एकाननब्बे

काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत नेकपा (एमाले) बाट उम्मेदवार बनेका विनोद श्रेष्ठले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् । काठमाडौं जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १० बाट प्रतिनिधि सभा सदस्य पदको लागि उम्मेदवारी दिएका विनोद श्रेष्ठले निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण अनुसार ११ लाख १८ हजार २ सय एकाननब्बे रुपैयाँ खर्च भएको […]

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम- ‘हर्मुज नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र हर्मुज जलसन्धि (स्ट्रेट अफ हर्मुज) पूर्ण रूपमा खुला गर्न कडा चेतावनी दिएका छन् । तोकिएको समयभित्र जलसन्धिमाथिको अवरोध नहटाए इरानका सम्पूर्ण विद्युत् गृह (पावर प्लान्ट) हरूमाथि आक्रमण गरी ध्वस्त पार्ने धम्की उनले दिएका हुन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत कडा सन्देश जारी गर्दै ट्रम्पले […]