काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत नेकपा (एमाले) बाट उम्मेदवार बनेका विनोद श्रेष्ठले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् ।
विज्ञापन
काठमाडौं जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १० बाट प्रतिनिधि सभा सदस्य पदको लागि उम्मेदवारी दिएका विनोद श्रेष्ठले निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण अनुसार ११ लाख १८ हजार २ सय एकाननब्बे रुपैयाँ खर्च भएको उल्लेख गरिएको हो ।
विज्ञापन
काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले ३७ हजार ४ सय ६९ मत ल्याएर विजयी भएका थिए भने नेपाली काङ्ग्रेसका हिमाल कार्कीले ८ हजार १ सय, नेकपा एमालेका विनोद श्रेष्ठले ४ हजार ८ सय ६४ तथा नेपाली कम्युनिस्ट पार्टीका रुपा महर्जन [श्रेष्ठ] ले २ हजार ६ सय ४८ मत प्राप्त गरेका थिए ।
