विज्ञापन
No data was found

'कपिलवस्तुमा प्रहरीको गोली लागेर घाइते भएका चारमध्ये १ जना गम्भीर'

काठमाडाैं । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकास्थित बरगदा गाउँमा रहेको एक मन्दिरमा मुस्लिम समुदायका केही युवाले तोडफोड गरेको विषयमा उत्पन्न विवाद चर्कँदै गएको छ। शनिबार बिहान नमाज पढ्ने समयमा काली मन्दिरमा रहेको भजन बज्ने साउण्ड सिस्टम मुस्लिम युवाहरुले तोडफोड गरेकाे विषयमा उत्पन्न विवादले उग्र रुप लिएको हो।

विज्ञापन

हिन्दू समुदायका युवाहरूले दोषी उपर कारबाहीको माग गर्दै शनिबार गरेको प्रदर्शन नियन्त्रण गर्न खोज्दा प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन्। घाइते ४ जनामध्ये २३ वर्षीय अरुण यादवको पेटमा गोली लागेको र उनको अवस्था गम्भीर रहेको छ।

विज्ञापन

भैरहवाबाट थप उपचारका लागि घाइते यादवलाई चितवन लगिएको छ। गोली लागेर घाइते भएका बाँकी ३ जनाको भैरहवास्थित मेडिकल कलेजमा उपचार भई रहेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कविता कोलाज सम्पन्न

आजदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु, चन्द्रागिरि नगरपालिकाले कसरी पूरा गर्छ ?

चन्द्रागिरिमा पनि भोलिदेखि रात्रिकालीन बस सेवा चल्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि होर्मुजमा नाकाबन्दी, विश्व बजारमा ऊर्जा संकट गहिरिँदै

नेपाल टेलिकमको नयाँ वर्ष अफर : ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटाको सुविधा

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : कसको सम्पत्ति कति ?

त्रिदिवसीय कार्यक्रमसहित ब्राइट फ्युचर स्कुलले मनायो आफ्नो ३९ औं वार्षिकोत्सव

चन्द्रागिरि विकास मञ्चद्वारा पदयात्रा कार्यक्रम सम्पन्न