भाद्र १५/कञ्चनपुर
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले महिलाहरूको अधिकार सुनिश्चितताका लागि नेपाली विशेषताको समाजवाद आवश्यक रहेको बताएका छन्। अखिल नेपाल महिला (संघ क्रान्तिकारी)सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा आयोजित प्रथम भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महिलाको जनसङ्ख्या बढि भएर पनि महिला उत्पीडनमा पर्नुमा दलाल पुँजिवादी व्यवस्थाको दोष रहेको उनको भनाई थियो। पुँजिवादले महिलालाई बजारको वस्तुका रूपमा प्रयोग गरिरहेको बताउँदै त्यसका विरुद्ध सम्पूर्ण महिलाहरू संघर्षमा उत्रन उनले आव्हान गरे ।उनले अब हरेक उत्पीडनको विरुद्ध एकल अधिकारका लागि संघर्ष नभई एकीकृत रूपमा संघर्ष गर्नु आजको आवश्यकता भएको उनको भनाई थियो।
उक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकि अध्यक्ष बन्धु चन्दले एक्काइसौ शताब्दीमा पनि महिलामाथि विभेद हुनु पछौटे चिन्तन भएको र महिला स्वयम आफ्नो अधिकारका लागि लड्नुपर्ने बताइन्। महिला विभिन्न किसिमका हिंसाको शिकार भएको र राज्यले नै पिडकहरूको संरक्षण गरिरहेको आरोप लगाइन्।

पवित्रा सीको अध्यक्षतामा सम्पन्न भेलालाई पार्टी केन्द्रीय सदस्य समर सी ,विराट सीलगायतका अतिथिहरूले सम्बोधन गरेका थिए। भेलाले पवित्रा सी इन्चार्ज र सुनिता सी संयोजक रहेको १३ सदस्यिय प्रदेश समिति गठन गरेको छ।
