विज्ञापन

'महिला अधिकारका लागि नेपाली विशेषताको समाजवाद चाहिन्छ : भरत सी'

भाद्र १५/कञ्चनपुर

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले महिलाहरूको अधिकार सुनिश्चितताका लागि नेपाली विशेषताको समाजवाद आवश्यक रहेको बताएका छन्। अखिल नेपाल महिला (संघ क्रान्तिकारी)सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा आयोजित प्रथम भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महिलाको जनसङ्ख्या बढि भएर पनि महिला उत्पीडनमा पर्नुमा दलाल पुँजिवादी व्यवस्थाको दोष रहेको उनको भनाई थियो। पुँजिवादले महिलालाई बजारको वस्तुका रूपमा प्रयोग गरिरहेको बताउँदै त्यसका विरुद्ध सम्पूर्ण महिलाहरू संघर्षमा उत्रन उनले आव्हान गरे ।उनले अब हरेक उत्पीडनको विरुद्ध एकल अधिकारका लागि संघर्ष नभई एकीकृत रूपमा संघर्ष गर्नु आजको आवश्यकता भएको उनको भनाई थियो।

विज्ञापन

 

उक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकि अध्यक्ष बन्धु चन्दले एक्काइसौ शताब्दीमा पनि महिलामाथि विभेद हुनु पछौटे चिन्तन भएको र महिला स्वयम आफ्नो अधिकारका लागि लड्नुपर्ने बताइन्। महिला विभिन्न किसिमका हिंसाको शिकार भएको र राज्यले नै पिडकहरूको संरक्षण गरिरहेको आरोप लगाइन्।

पवित्रा सीको अध्यक्षतामा सम्पन्न भेलालाई पार्टी केन्द्रीय सदस्य समर सी ,विराट सीलगायतका अतिथिहरूले सम्बोधन गरेका थिए। भेलाले पवित्रा सी इन्चार्ज र सुनिता सी संयोजक रहेको १३ सदस्यिय प्रदेश समिति गठन गरेको छ।

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू

यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए

नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दक्षिणकालीमा दुर्घटना, ९ जना भारतीय घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई