विज्ञापन
No data was found

'चन्द्रागिरिमा चर्चित गायक पशुपति शर्मा आउँदै'

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा चर्चित गायक पशुपति शर्मा आउने भएका छन् । चन्द्रागिरिमा औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ मा आफ्नो प्रतिभा प्रदर्शन गर्न उनी भोलि ३१ गते चन्द्रागिरि आउन लागेका हुन् ।

विज्ञापन

मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा असोज २३ गतेदेखि कात्तिक १० गतेसम्म महोत्सव भव्य रुपमा सञ्चालन भइरहेको संस्थाका अध्यक्ष शान्त उदासले शोणितपुर खबरलाई जानकारी दिएका छन् ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका वडा नं ६ मा रहेको उच्च धार्मिक महत्वको मातातीर्थ कुण्ड चौरमा आयोजना हुन लागेको उक्त महोत्सवमा दैनिक उपभोग्य सामान, औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि तथा ग्रामीण प्रविधि सम्बन्धी गतिविधको प्रदर्शनमा राखिएको छ।

त्यस्तै, अटोमोबाईल, हस्तकला र कृषि औजारको प्रदर्शनी हुनेछ । साथै, निःशुल्क स्वास्थ्य शिविर तथा एसियाकै उत्कृष्ट बाल उद्यान, राष्ट्रिय, अन्तराष्ट्रिय खाना महोत्सवका साथै अन्य विविध कार्यक्रमको आयोजना गरिरहेको आयोजकले जनाएको छ ।

महोत्सवमा केही विशेष दिनबाहेक अरु दिनमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌

चन्द्रागिरिमा शैक्षिक सत्र अगाडि नै विद्यार्थी भर्ना सुरु

धैरेनी डाँडा सफाइ अभियानमा स्थानीय सरकारको भूमिका गौण, समस्या जस्ताको तस्तै

स्थानीय तहमा प्रशासकीय अधिकृतलगायत कर्मचारी समयमै हाजिर नभए कार्वाही गरिने

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुल्ने

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज