विज्ञापन
No data was found

'उत्कृष्ट प्रदर्शन गरे पनि इङ्ल्यान्डसँग हार्‍यो नेपाल'

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

विज्ञापन

जितका लागि इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्रै बनाउन सक्यो ।

विज्ञापन

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । कप्तान रोहित पौडेलले ३९ रन बनाए ।

ओपनर कुशल भुर्तेलले २९ रनको उत्कृष्ट पारि खेले भने अर्का ओपनर आशिफ शेखले ७ रन मात्रै बनाउन सके ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌

चन्द्रागिरिमा शैक्षिक सत्र अगाडि नै विद्यार्थी भर्ना सुरु

धैरेनी डाँडा सफाइ अभियानमा स्थानीय सरकारको भूमिका गौण, समस्या जस्ताको तस्तै

स्थानीय तहमा प्रशासकीय अधिकृतलगायत कर्मचारी समयमै हाजिर नभए कार्वाही गरिने

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुल्ने

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज