काठमाडाैं । काठमाडौं शिक्षा क्याम्पसले सोमबारदेखि सुरु हुने कक्षा १२ को लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ ।
वैशाख १२ गते काठमाडौँ शिक्षा क्याम्पसका क्याम्पस प्रमुख शत्रुघ्न प्रसाद गुप्ताको अध्यक्षतामा कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने परीक्षालाई पारदर्शिता, मर्यादित, निष्पक्ष तथा सुरक्षात्मक वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित १२ कक्षा परिक्षा केन्द्रित बैठक सम्पन्न गरिएको छ ।
बैठकमा परीक्षा सञ्चालनका मान्यता, आचारसंहिता तथा परीक्षा प्रक्रियालाई निष्पक्ष र मर्यादित बनाउन आवश्यक विविध पक्षहरूबारे गहन छलफल गरिएको थियो भने परीक्षा प्रणालीलाई अनुशासित, विश्वसनीय तथा विद्यार्थीमैत्री बनाउनका लागि अवलम्बन गर्नुपर्ने उपायहरू, जिम्मेवारी विभाजन तथा सुरक्षा व्यवस्थाका विषयमा विस्तृत रूपमा विचार–विमर्श समेत गरिएको थियो ।
बैठकमा क्याम्पसका सम्पूर्ण संकाय प्रमुखहरू, शिक्षक–शिक्षिकाहरू तथा प्रशासनिक कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो।
चन्द्रागिरि १० स्थित काठमाडौं शिक्षा क्याम्पसमा पनि कक्षा १२ को परीक्षा केन्द्र परेको हुँदा त्यसैको तयारी स्वरुप आज बैठक बसेको हो । जसमा क्याम्पसमा पढाउने शिक्षक, शिक्षिका, सुरक्षा निकाय लगायतको उपस्थिती रहेको थियो ।
कक्षा १२ को परिक्षामा चन्द्रागिरिका मंगलोदय बहुमुखी क्याम्पस, भिम मावि, मंगलोदय मावि, विद्यामन्दिर मावि, वेष्ट प्वाइन्ट मावि, बलम्बु मावि, विष्णुदेवी शिक्षा सदन मावि, नङगुर मेमोरियल मावि र काठमाडौं विद्यासदन मावि गरी ९ वटा विद्यालयको परीक्षा केन्द्र शिक्षा क्याम्पसमा परेको छ ।
यस वर्षको कक्षा १२ को परिक्षामा चन्द्रागिरिका नियमित विद्यार्थी २९४ र माैका ६९ गरि कुल ३६३ जना सहभागी हुने शिक्षा क्याम्पसले जनाएको छ।