विज्ञापन

'सभामुख डिपि अर्यालको सहभागितामा चन्द्रागिरिको समग्र विकासबारे अन्तर्कृया सम्पन्न'

काठमाडाैं । सभामुख डोल प्रसाद अर्यालको विशेष उपस्थितिमा वैशाख २७ गते चन्द्रागिरि नगरपालिकाको कार्यालयमा चन्द्रागिरिको समग्र विकासबारे अन्तर्कृया सम्पन्न गरिएको छ ।

विज्ञापन

अन्तर्कृया कार्यक्रममा विशेषत: कलंकी–नागढुंगा–सिस्नेखोला सडक मापदण्ड, सडक दुर्घटना न्यूनीकरण, सडक स्तरोन्नती, शहरी सौन्दर्यकरण, भू–उपयोग समस्याहरू, खानेपानी समस्या र समाधानका उपाय, रोप वे, सडकबत्ती, सिसिटिभि, तीनवटै सरकारको समन्वय र सेवाको गुणस्तर लगायतका विषयमा छलफल गरिएको थियो ।

विज्ञापन

प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालको विशेष सहभागिता रहेको अन्तर्कृया कार्यक्रममा प्रतिनिधि सभाका सभासदहरू, प्रदेश सभाका सभासदहरू, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरू, चन्द्रागिरिका प्रमुख प्रशासकीय अधिकृत, डिभिजन सडक कार्यालय, काठमाडौंका प्रमुख, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

चन्द्रागिरि नगरपालिकामा आयोजना गरिएको अन्तर्कृया कार्यक्रमले आगामी दिनमा चन्द्रागिरि नगर क्षेत्रको समग्र विकास तथा विद्यमान समस्याहरूको निराकरणमा प्रभावकारी भूमिका खेल्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

संसद्को बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री वालेन्द्रले तीनवटा अध्यादेश पेश गर्ने

कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमा वडासम्मै अध्यावधिक गर्दै

ग्रिसमा सम्पन्न नवौं विश्व मार्शल आर्ट्स महोत्सवमा चन्द्रागिरिका खेलाडी ब्रिनिश महर्जनले जिते स्वर्ण

प्रदेशस्तरीय जुनियर मेयर कप तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका तेस्रो

बजारमा कृत्रिम मूल्यवृद्धिविरुद्ध  सरकारले देशभर विशेष अभियान सञ्चालन गर्दै

रास्वपाको चन्द्रागिरि १ मा विनय थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन

भगवान शिवको उग्र तथा शक्तिशाली रूप कालभैरव

आज थानकोट हाइकर्स क्याफेमा वैज्ञानिक तथा पूर्वमन्त्री महावीर पुन आउँदै