काठमाडाैं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधिक गर्ने कार्यले तीव्रता पाएको छ ।
विज्ञापन
देशैभरिका (६७४३ वटै) वडाहरूमा भइरहेको डिजिटल प्रणाली अन्तर्गत १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक गराउने प्रक्रियामा आफ्नो मोबाइल नम्बर मार्फत नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आधिकारिक मोबाइल नम्बर ९७०१२५५५५५ मा आफ्नो मोबाइल नम्बर सूचीकृत गराउन नेपाली कांग्रेसले सम्पूर्ण क्रियाशील सदस्यहरुलाई अनुरोध गरेको छ ।
विज्ञापन
डिजिटल प्रणाली अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि सूचिकृत भएका नम्बर मार्फत् फर्म भर्न वडा सभापति मार्फत प्रक्रिया अगाडि बढाउन समेत नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले सूचना जारी गरेको छ ।