इरानले आफ्ना मिसाइल र ड्रोन प्रहारको सटीकता बढाउन चीनको बाइडू नेभिगेसन स्याटलाइट प्रणाली प्रयोग

इरानले आफ्ना मिसाइल र ड्रोन प्रहारको सटीकता बढाउन अमेरिकी नियन्त्रणमा रहेको GPS प्रणालीलाई त्यागेर चीनको BeiDou (बाइडू) नेभिगेसन स्याटलाइट प्रणाली प्रयोग गर्न थालेको जानकारी सार्वजनिक भएको छ। रक्षा विश्लेषकहरूका अनुसार यो परिवर्तन केवल प्राविधिक सुधार मात्र नभई मध्यपूर्वमा सैन्य शक्ति सन्तुलनलाई प्रभावित पार्न सक्ने रणनीतिक कदम पनि हो। यस सहकार्यलाई विश्लेषकहरूले “Eyes and Fists” अर्थात् […]
ललितपुरको हरिसिद्धिस्थित गोदाममा छापा मार्दा ६ हजार ६ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर फेला

काठमाडौं । ललितपुरको हरिसिद्धिस्थित गोदाममा छापा मार्दा ६ हजार ६ सय ७७ वटा भरिएका फुल ग्यास सिलिन्डर फेला परेका छन् । आज नेपाल आयल निगम र वाणिज्य विभागले गरेको अनुगमनका क्रममा लुकाएर राखिएको अवस्थामा ती ग्यास सिलिन्डर भेटिएका हुन् । वाणिज्य विभागलाई प्राप्त सूचनाका आधारमा विभाग र निगमको टोलीले टोलीले ती पूर्ण सिलिन्डर (फुल सिलिन्डर) […]
चन्द्रागिरि ३ थानकोट, टाक्चाटोलमा आगलागी, टर्यो ठूलो दुर्घटना

काठमाडाृै । आज साँझ चलेको हुरी, बतासले थानकोट, टाक्चाटोलको एउटा घरमा सुकाइराखिएको कार्पेट उडेर घर अगाडि रहेको थ्री–फेज विद्युत् लाइनमा परेपछि आगलागीको घटना भएको छ । घर अगाडि नै दुई स्थानमा थ्री–फेज विद्युत् लाइन रहेकाले आगो झन् फैलिने सम्भावना रहेकोमा समयमा नै नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएकाले ठूलो क्षति हुनबाट जोगिएको […]
हुन्डी तथा अभौतिक मुद्रा कारोबार गर्ने गिरी र धिताल १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ

काठमाडाैं । हुन्डी तथा अभौतिक मुद्रा कारोबारमा संलग्न नागार्जुन नगरपालिकाका सागर गिरी र प्रमोद प्रसाद धिताल १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबार गरेको अभियोगमा पक्राउ गरेको हो । प्रहरीले उनिहरूको साथबाट विभिन्न बैंकको […]
चन्द्रागिरि १० सतुंगलस्थित विन्दवासिनी मन्दिर परिसरमा चैत ५ गतेदेखि विराट महायज्ञ हुँदै

काठमाडौँ । चन्द्रागिरि १० सतुंगलस्थित विन्दवासिनी मन्दिर परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट महायज्ञ आयोजना हुने भएको छ । विश्व शान्ति, राष्ट्र कल्याण र मानव समाजमा देखिएका विविध समस्याको समाधानका लागि भन्दै विन्ध्यवासिनी आध्यात्मिक सङ्घको आयोजनामा आगामी २०८२ साल चैत्र ५ गतेदेखि १४ गतेसम्म उक्त महायज्ञ सञ्चालन हुन लागेको हो । विश्वमा मच्चिएको आधिभौतिक, […]
अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा, चैत २५ देखि नयाँ दर्ता अनलाइनबाटै

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग सहकार्य सुरू गरेको छ । अब नागरिकले छुट्टै स्वास्थ्य बिमा कार्ड बोक्नुपर्ने झन्झट अन्त्य गर्दै राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा स्वास्थ्य बिमाको सुविधा दिने तयारी थालिएको हो । राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बिमा प्रणालीमा आबद्ध गर्ने गरी स्वास्थ्य बिमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा […]
“अन्तर्राष्ट्रिय साहसी महिला” अवार्ड प्राप्त चन्द्रागिरिकी भूमिका श्रेष्ठ बनिन् प्रतिनिधि सभा साम्सद :

काठमाडाैं । सन् २०२२ मा अमेरिकाको विदेश मन्त्रालयद्वारा “अन्तर्राष्ट्रिय साहसी महिला” अवार्डबाट सम्मानित चन्द्रागिरिकी भूमिका श्रेष्ठ प्रतिनिधी सभा सदस्यमा रास्वपाबाट साम्सद बनेकी छिन् । चन्द्रागिरि नगरपालिकाको वडा नं १४ स्थायी घर भएकी श्रेष्ठ नेपालमै पहिलोपटक ट्रान्सजेन्डर महिलाका रूपमा प्रतिनिधि सभा सदस्य बन्न सफल व्यक्ति हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको आदिवासी जनजाती कोटाबाट सांसद बनेकी […]
काठमाडौंमा आज पानी पर्ने सम्भावना कति ? चैतमै चिसो बढ्यो !

काठमाडौं । विगत केही समयदेखि बदलिँदै आएको काठमाडौंको मौसम आज पनि सफा नहुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ । आज बिहान चिसो पनि बढेको छ । आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियसमा झरेको हो । जबकि हिजो (आइतबार) […]
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण : इन्धन ट्याङ्कीमा आगलागी, उडान बन्द

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सोमबार बिहान ड्रोन आक्रमण भएपछि एक इन्धन ट्याङ्कीमा भीषण आगलागी भएको छ। विमानस्थल नजिकैको क्षेत्रमा भएको यस आक्रमणपछि सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले उडान सेवा अस्थायी रूपमा बन्द गरेका छन्। ड्रोन प्रहार लगत्तै ठुलो आवाजसहित आगोको लप्का देखिएपछि यात्रु र कर्मचारीहरूमा त्रास फैलिएको थियो। दुबई मिडिया अफिसका अनुसार आक्रमण लगत्तै […]
आगामी वर्षदेखि त्रिविमा संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौं । आगामी वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ। त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषद्को बैठकले आगामी वर्षदेखि मानविकी सङ्कायअन्तर्गत संस्कृत विषयमा विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको सङ्कायका सहायक डिन डा बामदेव अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री कार्कीले आफ्नै स्वकीय सचिव श्रेष्ठलाई बनाइन् प्रकृति संरक्षण कोषको अध्यक्ष

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छन्। कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री कार्कीले उनलाई पाँच वर्षका लागि उक्त पदमा मनोनीत गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए। यसअघि ऐनबहादुर शाहीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
रास्वपाबाट समानुपातिकका ५७ सिटमा को को परे? (सूची)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। खस आर्यबाट प्रतिभा रावल रचना खतिवडा लिमा अधिकारी विदुषी राणा समीक्षा बास्कोटा श्रद्धा कुँवर टीका संग्रौला क्रान्तिशिखा […]