काठमाडौं । नयाँ वर्ष २०८३ मा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आकर्षक ‘न्यु इयर अफर’ सार्वजनिक गरेको छ।
विज्ञापन
टेलिकमका अनुसार ‘न्यु इयर लाइट’ प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन ५ जीबी डाटा चलाउन पाउनेछन्।
विज्ञापन
तोकिएको दैनिक ५ जीबीको सीमा सकिए पनि इन्टरनेट काटिने छैन, बरु २ एमबीपीएसको गतिमा महिनाभर अनलिमिटेड डाटा प्रयोग गर्न सकिने सुविधा दिइएको छ।
त्यसैगरी, अलि बढी डाटा खपत गर्नेहरूका लागि ६९९ रुपैयाँ पर्ने यस प्याकेजमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ भने दैनिक सीमा सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ।
यो विशेष अफर आज चैत ३० गतेदेखि वैशाख २ गतेसम्म मात्र खरिद गर्न सकिनेछ।
टेलिकमको यो अफर लिन इच्छुक ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर आफूलाई मन पर्ने प्याकेज छनोट गर्न सक्नेछन्।