अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले हर्मुज जलमार्गमा नाकाबन्दी सुरु गरेसँगै विश्व ऊर्जा बजारमा ठूलो संकट उत्पन्न भएको छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत हर्मुज क्षेत्रबाट जहाजहरूको आवागमन रोक्ने घोषणा गरेका छन्।
विज्ञापन
अमेरिकी सेनाका अनुसार इरानसँग सम्बन्धित जहाजहरूलाई कडा निगरानी र रोकथाम गरिनेछ भने अन्य गन्तव्यतर्फ जाने जहाजलाई आंशिक रूपमा अनुमति दिइनेछ।
विज्ञापन
विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने रणनीतिक मार्ग हर्मुजमा अवरोध भएपछि कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्ने र अर्थतन्त्रमा अस्थिरता आउने विश्लेषण गरिएको छ।