विज्ञापन
No data was found

'चन्द्रागिरिमा पनि भोलिदेखि रात्रिकालीन बस सेवा चल्दै'

काठमाडौं । काठमाण्डौमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ । काठमाण्डौ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा बैशाख १ गते बेलुका ८ बजेदेखि ११ बजेसम्म रात्रिकालीन बस सेवा सञ्चालनमा आउन लागेको हो ।

विज्ञापन

शुरुमा दुईवटा रुटमा बस चलाउने तयारी छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।

विज्ञापन

यस्तै चन्द्रागिरि (थानकोट)देखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म अर्को रुटमा रात्री बस चल्नेछ । यी दुई रुटमा ४ वटा रात्रीकालीन विद्युतीय बस सञ्चालन हुनेछन् ।

तोकिएको रुटका बस स्टपहरुमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कविता कोलाज सम्पन्न

आजदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु, चन्द्रागिरि नगरपालिकाले कसरी पूरा गर्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि होर्मुजमा नाकाबन्दी, विश्व बजारमा ऊर्जा संकट गहिरिँदै

नेपाल टेलिकमको नयाँ वर्ष अफर : ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटाको सुविधा

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : कसको सम्पत्ति कति ?

त्रिदिवसीय कार्यक्रमसहित ब्राइट फ्युचर स्कुलले मनायो आफ्नो ३९ औं वार्षिकोत्सव

चन्द्रागिरि विकास मञ्चद्वारा पदयात्रा कार्यक्रम सम्पन्न

‘गन्तव्य मध्यपुर’ अभियानको शुभारम्भ